रुसमा राष्ट्रपतिका आलोचकलाई विष खुवाइएपछि अचेत

मस्को : रुसका प्रतिपक्षी नेता तथा राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नी विष खुवाइएपछि अस्पतालको कोमामा पुगेका छन् ।
साइबेरियास्थित अस्पतालको भेन्टिलेटरमा उनलाई कोमामा राखेको बताइएको छ । एलेक्सीकी प्रवक्ता किरा यार्मिसका अनुसार ४४ वर्षीय नाभाल्नीलाई विष खुवाइएको थियो । साथै सर्बियाबाट मोस्कोसम्मको यात्राको दौरान अचानक बिरामी परेपछि उनको विमानलाई आपत्तकालित अवतरण गरिएको थियो ।
यार्मिसले उनको चियामा केही मिसाएर विष दिएको दावी गर्दैआएकी छन् । त्यसपछि नै उनलाई विमानभित्रै अप्ठ्यारो हुन थालेको बताइएको छ । बाथरुमभित्रै बेहोस भएका एलेक्सीको अहिलेसम्म होस् खुलेको छैन ।
यार्मिसले उनलाई चुनावी अभियानका कारण षड्यन्त्रपूर्वक विष खुवाइएको हुनसक्ने आशंका गरेकी छन् । पुटिनका आलोचकका रुपमा चिनिने एलेक्सीमाथि यसअघि भौतिक आक्रमण नै भएको थियो ।