राजनीतिविश्व दर्शन

दक्षिण कोरियाका एक अधिकारी मारिएपछि किम जोङ उनले मागे माफी

Share now
  • 9
    Shares

उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाका एक अधिकारीको हत्या भएकोमा माफी मागेका छन्।

शुक्रबार योनहाप समाचार संस्थाले राष्ट्रपति कार्यालयलाई उदृत गर्दै लेखेको समाचारमा दक्षिण कोरियाका एक अधिकारीको गोली हानी हत्या भएकोमा उत्तरले माफी मागेको उल्लेख छ।

उत्तर कोरियाले पठाएको आधिकारिक पत्रमा घटनाले दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ–इनलाई निराश बनाएकोमा दुःख महसुस भएको बताएको छ।

दक्षिण कोरियाका ४७ वर्षीय अधिकारीको हत्या भएपछि यसको विरोधका लागि मुनलाई राजनीतिक दबाव आइरहेको थियो।

हत्या भएका अधिकारी ‘प्याट्रोल बोट’बाट सोमबार बेपत्ता भएका थिए। जति बेला उनी दुई देशबीचको विवादित क्षेत्र उत्तर कोरियाली लिमिट लाईन (एनएलएल)को १० किलोमिटर दक्षिणमा थिए।

बिहीबार उत्तर कोरियाले गोली हानी हत्या गरेपछि उनको शव जलाएको दक्षिणको आरोप थियो। यद्यपी उत्तर कोरियाले शवलाई नजलाएको दावी गरेको छ।

यस घटनामा उत्तर कोरियाले पनि अनुसन्धान अघि बढाएको जनाएको छ। योनहापका अनुसार दक्षिण कोरियातिर लक्षित गरी १० राउन्ड गोली फायर गरेको उत्तरले स्वीकारेको छ।


Share now
  • 9
    Shares
  • 9
    Shares
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button