समाचार

कैलालीको सीमा प्रहरी चौकीका सबै प्रहरीलाई कारबाही

Share now

२६ असोज, कैलाली । लापरबाही बढ्न थालेको भन्दै धनगढी उप-महानगरपालिका १४ बहुलियास्थित सीमा प्रहरी चौकी फूलबारीमा कार्यरत सबै प्रहरी कारबाहीमा परेका छन् ।

सई गोपाल कार्कीसहित १० प्रहरीलाई जिल्ला प्रहरी कार्यालय कैलाली तानिएको हो । उनीहरुले पदको दुरुपयोग गरेको आरोप लागेको छ ।

भदौ २८ गते सोही चौकीमा एक स्थानीय मृत अवस्थामा फेला परेका थिए । सो घटनामा समेत प्रहरीले लापरबाही गरेको ठहर गर्दै ३ प्रहरीलाई कारबाहीको सिफारिस गरिएको थियो ।

केही समयअघि सोही प्रहरी चौकीमा एक थुनुवामाथि कुटपिट गरिएको समेत आरोप लागेपछि उनीहरूलाई जिल्ला झिकाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

सो चौकीमा नयाँ प्रहरी टोलीलाई जिम्मेवारी दिइएको उनले जानकारी दिए । जिल्ला तानिएका १० जनामाथि थप छानबिन हुने उनले बताए । ‘उनीहरु माथि आन्तरिक छानबिन हुन्छ दोषि देखिए थप कारबाही हुन्छ ।’ उनले भने ।

प्रहरीले लापरबाही बढेको, पदको दुरुपयोग गरेर जिल्ला तानिएको बताए पनि स्थानीयले भने तस्करसँग मिलेर असुली धन्दामा गरिरहेको आरोप लगाएका छन् ।


Share now
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button